काठमाडौँबासीहरुका लागि भर्खर आयो यस्तो खुसीको खबर

समाचार

काठमाडौँ । काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ ।जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने प्रमुख खड्काले जानकारी दिए ।यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ ।

जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ ।यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

यसैबीच उता कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहानमा फेरि कोरोन भेटिएपछि सबैको परीक्षण गरिने चीन सरकारले घोषणा गरेको छ ।करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय वुहानमा अहिलेसम्मकै बढी संक्रामक मानिएको डेल्टा भेरियन्ट देखिएको हो ।

करिब एक वर्षपछि वुहानमा स्थानीय स्तरमा संक्रमण पुष्टि भएको हो । वुहानले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वमै पहिलो पटक लकडाउनको अभ्यास गरेको थियो ।चीनमा पछिल्लो १० दिनमा ३ सय जनामा संक्रमण देखिएको छ । जुन केही महिनायताकै बढी हो । चीनमा पछिल्लो समय १५ वटा प्रान्तमा संक्रमण देखिएको छ । फेरि संक्रमण फैलिने डरले ठूलो परिमाणमा परीक्षण र कडा लकडाउन लागू गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *