काठमाण्डौमा फ्ल्याट भाडामा लिएर यस्तो काम गर्ने गर्थे यी युवती।थाहा पाउँदा उड्यो सबको होस।अन्त्यमा परे यी युवती फन्दामा।

समाचार

काठमाडौं ।फ्ल्याट भाडमा लिएर धन्धा सञ्चालन गर्नेहरु पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । काठमाडौंमा फ्ल्याट भाडामा लिएर धन्धा सञ्चालन गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया

प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका–५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका–४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई १ महिनासम्म धन्धामा लगाएका थिए।पछि उनीहरुबीच विवाद हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन् ।

प्रवक्ता द्विवेदीका अनुसार काठमाडौं जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको बताउनुभयो ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *