नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैको मृ-त्यु,कुन जिल्लामा कति संक्रमित थपिए?

समाचार

साउन १९ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?  केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा को-रोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर को-रोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृ- त्यु भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृ- त्यु भएको

जनाएको छ भने १९९४ जना संक्रमणमुक्त भएका छन् । हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *