देशैभरिका बिधालयहरुका लागि सरकारबाट आयो अत्यन्त जरुरी सूचना!सबैले पढ्नै पर्ने

समाचार

काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो । हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको सूचनामा उल्लेख छ । सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको जनाइएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थाल्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।ऊर्जा मन्त्रालय श्रोतका अनुसार त्यससम्बन्धी फाइल उठाउने काम सुरु भइसकेको छ ।

घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम सकिएलगत्तै पुनः जिम्मेवारी दिने गरी काम अघि बढेको प्रचण्डका एक सचिवालय सदस्यले जानकारी दिए ।विद्युत प्राधिकरणको वार्षिकोत्सव भदौ १ मा हो ।घिसिङ प्रचण्डनिकट मानिन्छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई ०७३ भदौ २९ गते चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए । २०७८ भदौ २८ मा कार्यकाल सकाएर घिसिङ घर गएका थिए ।

लोडसेडिङ अन्त्य र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि भूमिका खेलेको भन्दै घिसिङ जनतामाझ लोकप्रिय छन् । सरकार परिवर्तनसँगै घिसिङलाई पुनः प्राधिकरणको नेतृत्व दिन जनस्तरबाट माग उठ्न थालेको छ ।तत्कालीन ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेका***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *