कुलमान घिसिङको विद्युत प्राधिकरण कार्यकारी निर्देशकको पदमा नियुक्तीको तयारी।प्रधानमन्त्रीले चाले यस्तो कदम।

समाचार

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थाल्नुभएको हो।‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न सक्नुभएन नै हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गर्नुभएकाले उहाँलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *