गुड्दै गरेको गाडीमाथि ढुंगा खस्यो।बुटवल पाल्पाको सिद्धबाबामा घट्यो डरलाग्दो घटना

समाचार

पाल्पा – सिद्धबावा नजिकै गुडिरहेको बलेरोमा ढुंगा खस्दा दुई जना घाइते भएका छन् । गुडिरहेको लु २ च ७३८७ नम्बरको बलेरो जीपमा ढुंगा खस्दा जीपमा सवार चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ । जीपमा बेलुकी ८ बजेतिर सडक माथिबाट ढुंगा खसेकाे स्थानीयले बताएका छन् ।

घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको र दुबै जनाको उपचारका लागि बुटवलतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *