डेल्टा भेरियन्ट दादुरा जत्तिकै संक्रामक हुने अमेरिकी चेतावनी।यस्तो आयो नया तथ्य

समाचार

वैज्ञानिक अनुसन्धानकर्ताहरुले डेल्टा भेरियन्ट निकै खतरनाक रहेकाले दादुरा जत्तिकै उत्पातको संक्रमण हुने चेतावनी दिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसीपी) ले यसअघिका अन्य महामारीका भाइरसझैँ डेल्टा भेरियन्ट पनि सोहीस्तरको हुने जानकारी दिएको हो ।

सीडीसीपीले उपलब्ध गराएको पछिल्लो विवरणमा डेल्टा भेरियन्ट दादुराजस्तै संक्रामक हुन सक्ने व्याख्या गरिएको छ । वासिङ्गटन पोष्टमा प्रकाशित समाचारअनुसार यो भेरियन्ट सामान्य चिसो,सन् १९१८ को फ्लू र दादुराझैँ फैलन सक्ने छ ।

यसले संक्रमणलाई झन् तीब्र पार्नुका साथै संक्रमितलाई गम्भीर अवस्थामा पुर्याएर अस्पतालमा भर्ना गराउनेसम्मको जोखिम बढाउने बताइन्छ । तर हाल उपलब्ध खोपले मृत्युको मुखमा पुर्याउने वा गम्भीर खालको जोखिमलाई कम गर्ने पनि अनुसन्धानले पुष्टि गरेको छ ।

डेल्टा भेरियन्टको सन्दर्भमा खोप लगाएका र नलगाएकाहरुको नमूना परीक्षणबाट भाइरसको मात्रा लगभग उस्तै भेटिएको थियो । जसले खोप लगाएका र नलगाएका व्यक्तिहरु संक्रमित हुने दर पनि उस्तै देखिन्छ ।तर खोप लगाइसकेकाहरुमा कोरोनाको लक्षण देखिए पनि उनीहरुमा भाइरसको संक्रमण भने कम पाइएको सीडीसीपीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *