मेलम्चीलाई छोडेन बाडीले।फेरी मच्चायो यस्तो बितण्ड।यो दृश्य देख्दा कसको मन नरोला र

समाचार

काठमाडौं– मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकास्थित चनौटेमा रहेको रातोपुल बगाएको छ। मेलम्चीको बाढीले आइतबार बिहान साढे सात बजेतिर रातोपुल बगाएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए।यसअघि असार १ गतेको बाढीले सामान्य क्षति पुगे पनि पुल भने बगाएको थिएन। यसअघि असार १ गते आएको भीषण बाढीले मेलम्चीमा रहेको पुल बगाएसँगै पाँच पोखरीसँग सम्बन्ध विच्छेद भएको भएको थियो।रातोपुल बगाएसँगै हेलम्बुसँगको सम्बन्ध टुटेको छ

भने मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणसमेत प्रभावित बनेको छ।मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुलसमेत बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको छ।

यो पनि:नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन्।शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने भन्दै पार्टी एकताका लागि ओलीले पद छाड्नुपर्ने बताइन।

‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ झाँक्रीले भनिन् । प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् ।‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ?’ उनले प्रश्न गरिन्, ‘चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *