भारतमा अचानक सडकहरु भासिदै कारहरु नै खस्न थाले।यस्तो देखियो दृश्य।भिडियो हेर्नुहोस

समाचार

काठमाडौं । भारतका विभिन्न राज्यहरुमा पछिल्ला दिनहरुमा सडक खाल्डा पर्ने दृश्यहरु निरन्तर देखा पर्ने गरेका छन् । केहि समय पहिले भारतको महा राष्ट्र राज्यको मुम्बईमा एक कार अ’चानक जमिनमा भा’सिएको थियो । त्यसको केहि समयपछि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा एउटा कार बीच सडकमा भा’सिएको थियो ।अहिले फेरि दिल्लीबाट नै केहि तस्विरहरु बाहिर आएका छन् । दिल्लीको हौज खास क्षेत्रमा बीच सडकमा अ’चानक खाडल देखा परेको हो । त्यसपछि अधचीनीदेखि आईआईटी जाने सडक सञ्जाल बन्द भयो । जानकारी अनुसार अहिले अ’धचीनीदेखि कटवारिया तर्फ फर्काएको छ ।वर्षायाममा यसरी सडक भा’सिएपछि मानिसहरु डराएका छन् । यो किन र कसरी भइरहेको छ भन्ने कुरा पनि मानिसहरु पत्ता लगाउन सकिरहेका छैनन् ।

यो पनि, जसपा संसदीय दलको नेतामा यादव चयन : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । जसपा नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् ।नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । जसपाको शनिबार भएको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए । निर्वाचन आयोगले यादवले नेतृत्व गरेको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *