गाडी,ट्याक्सी,सबै सवारी चल्न पाइने।अब खुल्ने भए सबै पसल।असार १५ गते पछी लागू हुने यस्ता नियम।

समाचार

काठमाडौंमा निषेधाज्ञा अवधी थपेर असार १५ गते बाट नयाँ नियम लागू भएको छ। निम्न नियमहरु सबैले पालना गर्नुपर्ने बताइएको छ। अब पब्लिक सवारीसाधनहरु जोर-बिजोर प्रणालीमा चल्न दिइने भएको छ। सवारीसाधनमा 25 जनाभन्दा बढी यात्रु बोक्न पाइने छैन। सुरक्षाका सबै मापदण्ड हरु अपनाएर बिहान ६ बजे देखि साझा ७ बजेसम्म चल्न दिइने जानकारी गराइएको छ।

फलफूल मासु अन्य तयारी तरकारी पाईने पसलहरू तथा किराना पसलहरू साझ ६ बजेसम्म खोल्न पाइने छ। पुस्तक पसल, पुजा सामग्री पसल पनि साझ ६ बजेसम्म खोल्न पाइने जानकारी गराईएको छ।डिपार्टमेन्टल स्टोर, सपिङ मल, कपडा पसल,गिफ्ट पसल, सिलाइ पसल, गरगहना बेच्ने पसल,अटोमोबाइल ग्यारेज, शोरुम इत्यादि र हार्डवेयर पसल अनि फर्नीचर तथा अन्य बिजनेस का पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।

रेस्टुरेन्ट र होटल हरु खुल्ने भएका छैनन् तर होम डेलिभरी अनि टेकएवे सुविधा चाहिँ साझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।निजी सवारी (कार जिप भ्यान)ले जम्मा चार जना भन्दा बढी चढाएर सवार गर्न पाउनेछैन भने ट्याक्सीमा तीन जना भन्दाबढी राख्न नपाइने नियम भएको छ।


यी सवारी बाहेक अन्य दुईपाङ्ग्रे सवारी साधनले पनि जोरबिजोर प्रणाली लागू गरेको हुनुपर्नेछ। त्यस्तै ढुवानी सेवा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म मात्र गर्न पाइनेछ।विवाह तथा ब्रतबन्धमा १५ जनाभन्दा बढी सहभागी हुन पाउनेछैनन् र विवाहमा मात्र दुईवटा गाडी प्रयोग गर्न पाइनेछ उक्त कार्यक्रम घरमा अथवा घरको वरिपरिको जग्गामा मात्र गर्न पाइने जानकारी गराइएको छ।फोटो श्रोत:aatriya snapshot

Leave a Reply

Your email address will not be published. Required fields are marked *