चर्चित चितवन सबिता भण्डारी घटनाबारे भर्खरै रबि लामिछानेको यस्तो घोषणा।अब मिल्नेछ सवितालाई न्याय।

समाचार

काठमाडौ । नेपालका चर्चित पत्रकार तथा संचारकर्मी रबि लामिछानेले चितवनको चर्चित सबिता भण्डारी घटना बारे आफुले रिपोर्टिङ गर्ने बताएका छ्न। उनले फेसबुक मार्फत एक स्टाटस लेख्दै आफुले विभिन्न दिदी बहिनी मार्फत सबिता भण्डारी घटना बारे जानकारी पाएको र रिपोर्टिङको लागि अनुरोध गरेको भन्दै केही समय पछि सम्मानित अदालत र प्रहरी लाई सहज हुने तरिकाले घटनाको रिपोर्टिङ गर्ने बताएका छ्न।

उनले आफूले अहिले कुनै पनि कार्यक्रम संचालन नगरेको ले यश घटनाको रिपोर्टिङ गर्न नसकेको जनाएका छन। रबि लामिछानेको छिट्टै संचालन हुन लागेको galaxy 4k टिभी मार्फत आफुले घटनाको बारेमा सत्य तथ्य के हो भन्ने कुरा रिपोर्टिङ गर्ने बताए।

उनले फेसबुकमा लेखेका छ्न;-सबिता भण्डारी प्रकरणमा चितवनका दाजुभाइ दिदीबहिनीहरुको सन्देश मैले पाएको छु। तर यहाँहरुलाई अवगत नै होला कि म अहिले कुनै टेलिभिजन कार्यक्रम संचालन गरीरहेको छैन। यसको अर्थ यो लगायत कुनै पनि घटनाको विस्तृत रिपोर्टिङ गर्न सकेको छैन। तर अब चाडैं नै Galaxy 4K को प्रशारण शुरु हुदैछ र हाम्रो टिमले यस घटनाको विविध पाटोको अध्ययन र प्रहरी अनुसन्धानको फलोअप निरन्तर गरिरहेको छ।

एक भेटमा प्रहरी महानिरीक्षक ज्यु सँगपनि यस घटना बारे बुझ्ने प्रयास गरिसकेको छु। म सदा झै पीडितले न्याय पाउन् भन्ने पक्षमा छु।सबिताको न्यायका लागि लकडाउनले गर्दा सडकमा र कार्यक्रम नभएकाले टेलिभिजनमा बोल्न नसकेको मात्र हो।सम्मानित अदालतमा बिचाराधिन यो मुद्दालाई मिडियाले धेरै गिजोलेको आरोप स्वयं पीडित परिवार पक्षले समेत अभिव्यक्त गरिरहेको सन्दर्भलाई हामीले मनन गरिदिनु पर्छ। अपराध अनुसन्धान जस्तो जटिल विषय लाई अनुमान र अड्कलका भर मा केवल सार्वजनिक खपतका लागि बोल्नु कदपि उचित हुदैन। त्यसैले केही समय धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला। म स्वभावैले निशर्त सत्य र न्यायको पक्षमा छु। यसर्थमा म सबिता भण्डारीको न्यायको पक्षमा छु। #justiceforsabitabhandari

Leave a Reply

Your email address will not be published. Required fields are marked *