लकडाउन गर्न कुनै जरुरत नै छैन।WHO ले दियो खुशीको खबर

समाचार

एकाबिहान WHO आफैले भन्यो अब लकडाउन गर्न कुनै जरुरत नै छैन।बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यो वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्नेमा जोड दिएको छ ।संगठनका युरोप निर्देशकले खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग ल’ड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने बताएका बीबीसीले जनाएको छ ।

उहाँले युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रिय स्तरमा अब लकडाउन लगाउन नहुने बताउनु भएको छ ।उहाँले आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिनु भएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *