काठमाडौं उपत्यकामा जारी नि’षेधाज्ञा एक साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बीच यस विषयमा छलफल भइरहेको छ। हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।‘को’रो ना सं’क्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको छ,’ पराजुलीले भने। निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ । बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****
त्यस्तै काठमाडौं : जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र स’ङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असार देखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुनेछ। गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएयसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ।’
सङ्क्रमण भन्दा निको हुने दर दोब्बर हुँदै गए को र मृ,त्युदर समेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ।आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****