पछिल्लो २४ घण्टामा नेपालमा थप २७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हालसम्म संक्रमित ६०४३९६ जना रहेका छन्। शुक्रबार पिसिआर विधिबाट ९५९८ जनाको परिक्षण गर्दा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन ।यो सँगै पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।यो सँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ८३०५ भएको छ।यस बीचमा कोरोना मुक्त भएर ५२२५ जना घर फर्किएका छन ।हालसम्म निको भएर फर्किएकाको संख्या ५२०८१६ रहेको छ। हालसम्म नेपालमा कोरोना मुक्त हुने दर ८५.२ प्रतिशत रहेको छ । हाल नेपालमा संक्रिय संक्रमित ८५९१९ रहेका छन्।
