काठमाडौ । लामो समय देखि बन्द रहँदा आफुहरु समस्यामा परेको भन्दै आन्तरिक उडान खोल्न हवाइ क्षेत्रका व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्।स्वस्थ्य मापदण्ड पालना गर्दै हवाई सेवा संचालन गर्न पाउनुपर्ने माग राख्दै ब्यवसायीहरुले प्रस्ताव पेश गरेका हुन् । उनीहरुले हवाइ यात्रा सुरक्षित रहेको तर्क गरको छन् । सरकाले आन्तरिक उडान अनिश्चित कालसम्मको लागि स्थगन गरेको छ। व्यवसायीले महामारी घट्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्नुपर्ने बताएका छन्।
