काठमाडौ । काठमाडौंको कोटेश्वरमा अनौठो घटना भएको छ । श्रीमानले सहकारीमा तिर्नुपर्ने ऋणको पैसा तिरेकै दिन उनकै श्रीमतीले सहकारीको दराज फोडेर पैसा चोरेकी छन् । श्रीमती सहकारीको लेखापाल हुन् । कोटेश्वर स्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थामा यस्तो घटना भएको हो ।लेखापाल रहेकी सावित्री सुवेदीले श्रीमान कपिल खड्काको सहयोगमा सहकारी लु’टपा’ट गरेकी हुन् ।उनीहरु दुवै जनालई प्रहरीले पक्राउ गरेको छ ।
उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लु’टेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र रकम चोरीएको हुनसक्ने कर्मचारीको भनाई छ ।