होशियार:भारतमा भिषण वर्षा ,अब केही दिनमा नेपालमा पनि हावाहुरी सहित ठूलै वर्षा हुने।कहिले देखी हुन्छ सुरु?जानकारी लिनुहोस्

समाचार

होशियार : भारतमा भिषण वर्षा , अब केही दिनमा नेपालमा पनि हावाहुरी सहित ठूलै वर्षा हुने।काठमाण्डौ । भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । नेपालमा पनि मनसुन भित्रिनै लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ। अब को केही दिनमै नेपालमा पनि ठूलै वर्षा हुने उहाँले बताउनु भएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *