दहीको स्वाद मात्र स्वादिष्ट हुँदैन कि यसले शरीरमा लाग्ने कैयौँ रोगबाट पनि छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो । यी हुन्, अध्ययनले निकालेका निष्कर्ष :
नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ ।नयाँ पत्रिकामा खबर छ।अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक स्टडीमा खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।
जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ ।यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पु(याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।दहीकोे नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ ।कोलेस्टेरोलका बिरामीलाई दहीको नियमित प्रयोग लाभदायक मानिन्छ ।