स्वास्थ्यमन्त्रालय दियो कडा निर्देशन:काठमान्डबासी लाइ हुने भयो तनाब

समाचार

काठमाडौ । कोरोनाको महामारी फेरी फैलन सक्ने संकेत देखिएपछि अब फेरी कडा स्वास्थ्य मापदण्ड सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिश गरेको छ । तर, मन्त्रालयले सबै स्थानमा भन्दापनि मापदण्ड पालना नभएको ठाउँमा यस्तो लागु गर्न सिफारिश गरेको छ ।नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको संकेत देखिएपछि मन्त्रालयले यस्तो सिफारिस गरेको हो । कोरोनाको यस्तो अवस्था भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि विद्यालयहरु अब बन्द गर्ने जनाएका छन् । यद्धपी पठनपठान भने भर्चुअल माध्यमबाट सूचारु हुने उनको भनाई छ । उनले स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्न सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *