हराएको पर्स १४ वर्षपछि भेटियो,त्यसमा भएको पैसा पनि सुरक्षित!तर…

समाचार

हराएको पर्स १४ वर्षपछि भेटियो, त्यसमा भएको पैसा पनि सुरक्षित ! तर…काठमाडौं। एक व्यक्तिले १४ वर्षअघि हराएको आफ्नो पर्स सुरक्षित रुपमा फिर्ता पाएका छन् । मुम्बइको लोकल ट्रेनमा हराएको यो पर्समा ९ सय रुपैयाँ थियो । उनले पैसा पनि फिर्ता पाए । २००६ मा शिवाजी महाराज र्टिनलदेखि पनवेल जाने ट्रेनमा यात्रा गर्दा हेमन्त पेडलकरको पर्स हराएको थियो ।

पर्स भेटिएको जानकारीसहित गएको अप्रिल महिनामा पुलिसले हेमन्तलाई फोन गरेकोटिब्युन इण्डियालेलेखेको छ ।अप्रिलमा मुम्बइमा लकडाउन थियो त्यसैले हेमन्तले त्यतिबेला पुलिस स्टेशन गएर पर्स लिन पाएनन् ।लकडाउनमा छुट भएपछि पनवेलमा बस्ने हेमन्त वाशीको जीआरपी अफिस गएर आफ्नो पर्स लिएका हुन् । हेमन्तको पर्समा भएको ९ सय रुपैयाँमा एउटा ५ सयको नोट पनि थियो । त्यतिबेलाको ५ सयको नोट २०१६ मा प्रतिबन्धित गरिएकोले अब त्यो नोट चल्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *