अन्तत:उर्लावारी घटनाले लियो यस्तो मोड, आरोपी पुगे प्रहरी खोरमा

समाचार

काठमाडौ । सदिक्षा बास्तोलाले देखाएको साहसिक कदम पछि मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको सन्देहपूर्ण निधन भएको घटनामा ६ जनाविरुद्ध अदालतमा मु द्दा दर्ता भएको छ। प्रविणको २ महिना अघि साथीको कोठामा निधन भएको थियो ।लामो समयको संघर्ष पछि बहिनी सदिक्षाले जिल्ला अदालत मोरङमा मु द्दा दर्ता गराउन सफल भएकी छन् । बास्तोलाको घटनामा सं ल ग्न भएको आरोपमा कुमार राई र मेहरमान दर्जीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

राई र दर्जीसँगै आरोप लागेका उर्लाबारी नगरपालिका ६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरीविरुद्ध अदालतमा मु द्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।बास्तोलाको भएको घटनामा सत्यतथ्य लु का एर प्रहरीले दो षी लाई जोगाउन प्रहरीलनै लागेको भन्दै बहिनी सदिक्षाले आन्दोलन गरेकी थिइन् । उनले प्रहरी कार्यालयवाटै फेसवुक लाइभ गरेर घटनावारे जानकारी गराएकी थिइन् । पी डित परिवारले सत्यतथ्य लु का एर तथ्यहिन फायल खडा गर्ने प्रहरी निरीक्षक उद्धव पोखरेलमाथि पनि कारबाही गर्न माग गरेका छन्।

गएको पुस ५ गते बास्तोलाको सन्देहपूर्ण मृ त्यु भएको थियो। आफन्तजनले उनको श व स्थानीय गोदाबरी अस्पतालमा फेला पारेका थिए। बास्तोलासहितका ६ जनाले पुस ४ गते राति उर्लाबारी ४ को सौरबी होटलमा सँगै बसेर र क्सी खा एर सँगै सु ते का थिए। प्रवीणको राति नै मृ त्यु भएको खुलेको छ। तर उनको मृ त्यु को जानकारी परिवारजनलाई भोलिपल्ट बिहान ११ बजेमात्रै गराइएको आफन्तले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *