ट्राफिक चेकिङ छल्न खोज्दै गरेकी महिलाको बसको ठक्करबाट ज्यानै गएपछि..

समाचार

काठमाडौ । ललितपुरको जावलाखेल ट्राफिक प्रहरी देखेर भा ग्न खोज्दा एक महिलाको दुर्घटनामा परी निधन भएको छ । महिला चढेको स्कूटरलाई बसले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो । अन्दाजी ३२ वर्षकी महिलाको परिचय खेलेको छैन ।सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठ क्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३( ०२(०१० प ५५८९ नम्बरको स्कुटरलाई ठ क्कर दिएको हो । चोकमा ट्राफिक प्रहरीलाई देखेपछि चे किगंमा परिने डरले उनी भा ग्न लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । महिलाको कुनै सामग्री पनि फेला नपरेकाले उनीसंग स्कूटरका कागजपत्र भए नभएको पनि खुलेको छैन ।बसको ठ क्करवाट घाइते भएकी महिलाको अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भा ग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको प्रहरीको भनाई छ ।

लाइसेन्सहरू नभएको हुँदा भा ग्न खोजेको जस्तो लाग्यो। उनको पर्सलगायत केही पनि सामान भेटिएको छैन। डकुमेन्टहरू नहुँदा भा ग्न खोज्दा पछाडिबाट गाडीले हा न्दि यो परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *