काठमाडौँ । हरेक रोगको कुनै न कुनै संकेत हुन्छ। यसैगरी केही स्वास्थ्य समस्या छन्, जुन अनुहारबाट थाहा पाउन सकिन्छ। यसमध्ये कुनै निक्कै गम्भिर समस्या पर्छन्, जसलाई देखाउँन तत्कालै चिकित्सक कहाँ जानुपर्ने हुन्छ।१) अनुहार सुन्निनुः यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ। यद्यपी, यस्तो समस्या औषधिको ‘साइड-इफेक्ट’का कारण पनि हुनसक्छ।२) दारीको रौँ झर्नुः दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ।
३) अनुहारमा रौँः महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ।४) अनुहार पहेलिनुः लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो। साथै यो पहेलोपन पोलिया र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ।
५) सेतो दागः अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ। साथै यो आयरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ।६) चम्किलो सेतो दागः अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ । यो समस्या केही गम्भिर हुन्छ।
७) पानी फोकाः अनुहारमा पानी फोका आउँनु ‘चिकनपक्स’(ठेउला)को संकेत हो।८) डन्डिफोर आउनुः अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ।
९) सुन्निनुः लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ।१०) अनुहारमा हल्का दागः यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो।