यस्ता लक्षण देखिएमा बेवास्ता नगर्नुहोस,हेर्दा हेर्दै कलेजो खत्तम भइ सकेको हुन सक्छ।समयमै जानकारी लिनुहोस

स्वास्थ्य

काठमाडौँ । मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ । पाचन प्रणलीमा यस अगंको ठूलो भूमिका रहन्छ भन्ने त हामीसबैलाई थाहै छ । लगभग १ दशमलव ३६ किलोग्राम तौलको एउटा वयस्क मान्छेको कलेजोले मेटाबोलीज्ममा सहयोग गर्दछ । खाएका खानालाई पचाउन अनि पोषण शोस्न पित्तथैली र कलेजोले संसगै कार्य गर्दछन् ।कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ अनि कलेजोको संक्रमण या कार्यकमजोरी बेलामा थाहा हुन नसकेमा हाम्रो स्वास्थलाई गम्भीर हानी पुगिरहेको हुन्छ ।

हरेक मिनेट नै लगभग १ लिटर रगत छान्ने कलेजोले शरीरमा १३००० बिभिन्न केमीकलहरु उत्पादन गर्दछ, शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा उत्तरदायी कलेजोले कार्य गर्न बन्द गरेमा हामीसंग जिवनको २४ घन्टा पनि बाँकी हुँदैन् । तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ ।मष्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अंगका रुपमा हामीले हेर्दैनौ जबकी कलेजो पनि उत्तिकै महत्वपूर्ण छ । आउनुहोस् बात मारौं ति लक्षणहरु जसले हाम्रो कलेजोको कार्यकुशलता कस्तो छ अनि कलेजो खराब भएको जनाऊ दिनेगर्दछन् ।

१. तपाँईको पेट बिसन्चो भई सँधै झाडापखाला भइरहेमा:हुन त डिप्रशेन, शुरुवाती गर्भावस्ता, माइग्रेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरु बोहेक पनि पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयूक्त हुन्छ ।

२. लगातार कमजोर महसुस हुनु:कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने त छैन तथापी बिनाकुनै बिशेष कारण सधैं कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन भनि चनाखो हुन जरुरी बताइन्छ । कलेजोले पर्याप्त रुपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमीकलहरुको असन्तुलनमा शरीरमा प्रोटीनहरु कम हुन जानेगर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्दछ ।

३. खानामा अरुची:कलेजोमा खराबी भएमा शरीरमा प्रश्स्त बायल उत्पादन हुँदैन जसले गर्दा खानामा अरुची हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रुपमा पच्न पाँउदैन अनि शरीरको तौलमा एक्कासी नाटकीय कमी हुन्छ।

४. पिसाबको रंग परिवर्तन भएमा:स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरुको पिसाब सामान्य रंगको हुन पर्दछ । रगतमा धेरै बिलुरुबीनको मात्रा भएमा रगतको रंग सुन्तला या खैरो रंगको हुन सक्दछ । बिचार पूर्याउन जरुरी छ ।

५. शौचको रंगमा परिवर्तन भएमा:शौचको रंगमा बदलाव आएमा जस्तै कि कालो, सेतो, हरियो लगायतका रंगको देखिएमा एकफेर चिकित्सकलाई घेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रंग परिवर्तन् हुन सक्दछ ।

६. जण्डिस देखिएमा:प्राटीन अनि अक्सीजनलाई बितरण गर्न रातो रक्तकोशीकाको महत्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्तकोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेंलो हुने र जण्डिस देखिने हुनसक्दछ ।

७. पेटमा परिवर्तन:मेडिकल साइन्सका अनुसार महिलाहरुको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेट समबन्धी पीडाहरुलाई सामान्य रुपमा लिइन हुँदैन् । पेटमा कुनै पीडा या अफ्ठेरो महसुस भएमा कलेजोको समस्याले पनि भएको हुन सक्दछ, संवेदनशील बन्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *