अधिकांश नेपालीहरूले अाफ्नाे स्वास्थकाे ख्याल राख्दैनन् । नेपालीकाे बानी भान्सामा सबैभन्दा बढी पाक्ने तरकारी भनेकाेजे सिजन छ त्यहि मात्र लगातार खाने गर्छन् , किन कि जे सस्ताे छ त्यहि पाक्छ तरकाली धेरैकाे भान्सामा काउली नै बनेको हुन्छ ।काउली स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । काउलीमा प्रशस्त मात्रामा फाइबर,
भिटामिन, क्याल्सियम, आइरन,म्याग्नेसियम,एन्टिअक्सिडेन्ट, मिलरल्स र पोटासियम जस्ता खनिजहरू पाइन्छ ।यी खनिज पदार्थहरूका साथै काउलीमा पाइने विभिन्न खाले औषधीय गुणका कारण यसको नियमित सेवनले मानव स्वास्थ्यका लागि धेरै फाइदा पुग्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, केही रोग लागेका व्यक्तिहरूले भने काउलीको सेवन गर्नु हुँदैन ।
यसमा गाइट्रोगन नामक तत्त्व पाइन्छ जसले थाइराइड ग्ल्याण्डको काममा बाधा उत्पन्न गराउने हुँदा चिकित्सकरूलेहाइपो थाइराइडबाट पीडित व्यक्तिहरूलाई काउली खान नहुने बताउँछन् ।थाइराइडका बिमारीले काउलीको सेवन गर्नु हुँदैन । हाइपो थाइराइड तथा हाइपर थाइराइड गरी थाइराइड दुई प्रकारका हुन्छन् ।
हाइपो थाइराइडमा थाइराइड ग्रन्थी एक्टिभ हुन सक्दैन र त्यसले गर्दा शरीरमा हार्मोनको उत्पादनमा कमी आउँछ ।त्यस्तै, ग्याष्ट्रिकबाट पीडित व्यक्तिहरूले पनि काउलीको सेवन नगर्दा नै ठीक हुन्छ ।काउलीमा पाइने पोषक तत्त्वहरूलेपेटमा ग्यास पैदा गरेर पाचन प्रणालीमा समस्या पैदा गरिदिन सक्छ । त्यस्तै, शिशुलाई दूध खुवाइरहेका आमाहरूले पनिकाउली सेवन गर्नुहुँदैन । यदि सेवन गर्नुभयाे भने यसले ग्याष्ट्रिकको समस्या निम्त्याउन सक्छ ।
यसबाहेक अर्थराइटीसको समस्या भएका व्यक्तिहरूले काउलीको सेवन गर्दा पेटमा अत्यधिक ग्यास बढाउने हुँदाहड्डीहरूमा पीडा हुन थाल्छ । ब्लड क्लटिङको समस्या भएका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।