काठमाडौं, सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सेतोपाटीलाई जानकारी दिए। ‘अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,’ उनले भने। हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ। यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए। ‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****